लागूऔषध मुद्दामा फारार चुरेकी एक युवती पक्राउ
२०८२ माघ ८, ०९:१६
धनगढीः लागूऔषध मुद्दामा फारार कैलालीको चुरे गाउँपालिकाकी एक युवती पक्राउ परेकी छिन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ५ वर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएकी चुरे गाउँपालिका–३ सुनारी बस्ने २३ वर्षकी निर्मला कुमारी रावत पक्राउ परेकी हुन्। रावतलाई इलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस