सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खैरो हेरोइनसहित ३ जना पक्राउ

२०८२ माघ ८, ०८:४५ खबर संवाददाता

धनगढीः कैलालीमा खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्।

गोप्य सूचनाको अधारमा लम्कीचुहा नगरपालिका–१ भुरुवाबाट सोही ठाउँ बस्ने २४ वर्षीय भरत सन्ज्याल र लम्कीचुहा नगरपालिका–५ बस्ने २७ वार्षीय मदन आचार्य खैरो हेरोइनसहित पक्राउ परेका हुन्। ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी घोडाघोडी नगरपालिका–१ सुखड बजारबाट सोही ठाउँ बस्ने २६ वर्षीय दिपक धामीलाई ३३० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ। धामीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बुधवार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस