धनगढीका २ जना युवक लागूऔषध सहित पक्राउ
धनगढीः धनगढीका २ जना युवक लागूऔषध सहित पक्राउ पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट धनगढी उपमहानगरपालिका–७ बस्ने २८ वर्षीय फुलचन राना र धनगढी उपमहानगरपालिका–१६ बस्ने बर्ष २० को विवेक राना लागूऔषधसहित पक्राउ परेका हुन्। यी दुबै जनालाई १ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थ दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। साथै पक्राउ परेका दुई जना मध्ये फुलचन राना जिल्ला अदालत कैलालीबाट लागूऔषध मुद्दामा २ महिना २६ दिन कैद सजाय तोकिएको फरार प्रतिवादि समेत रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।