सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वप्रधानमन्त्री डा.भट्टराईद्वारा मनोनय दर्ता

२०८२ माघ ६, ०३:५५ रासस

काठमाडौँः पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज अपराह्न मनोनयन दर्ता गराएको उनका स्वकीय सचिव रेखी गुरुङले जानकारी दिए।

डा.भट्टराईको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक नारायण खत्री र समर्थकमा जेनजी अगुवा रिजन राना मगर रहेका छन्। विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग नलिएका डा.भट्टराई संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७४ को आमनिर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उीनी गोरखा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

कमेन्ट लोड गर्नुस