सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–४ मा एमालेका लेखराज भट्टले उम्मेदवारी दर्ता

२०८२ माघ ६, ०३:०७ खबर संवाददाता

धनगढी: कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार उनले मनोनयन दर्ता गरेका हुन्।

भट्ट यसअघि नेकपा माओवादी केन्द्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका छन् र दुई पटक मन्त्री पनि रहिसकेका छन्।

कमेन्ट लोड गर्नुस