कैलाली-४ बाट बलायर नलड्ने
धनगढी: नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली क्षेत्र नं. ४ बाट चुनाव नलड्ने घोषणा गरेका छन्। आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय बलायर निकट स्रोतले पुष्टि गरेको छ।
यस निर्णयसँगै नेपाली कांग्रेस भित्र कैलाली(४ को उम्मेदवार चयन प्रक्रिया थप चासोको विषय बनेको छ। सुदूरपश्चिमको चुनावी समीकरणमा प्रभाव पार्ने आँकलनबीच बलायरको स्थानमा को उम्मेदवार बन्ने भन्ने विषयमा आन्तरिक छलफल जारी रहेको स्रोतको दाबी छ।