सुदूर नेपाललाई विश्वसँग जोड्दै

भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

२०८२ माघ ६, १२:२४ रासस

चितवनः भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिएकी छन्। उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन्।

दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिएकी हुन्। नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं ३ को उम्मेदवार बन्न लागेकी दाहालले कार्यपालिकाको बैठक पछि आफ्नो दोस्रो कार्यकालमा हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।

दाहालको राजीनामासँगै उपप्रमुख चित्रसेन अधिकारी कार्यवाहक प्रमुख बनेका छन्। अधिकारीले दाहालको नेतृत्वमा सम्पन्न गर्न बाँकी कामलाई प्रथामिकता दिने बताए। 
 

कमेन्ट लोड गर्नुस