सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

२०८२ माघ ६, १०:४१ खबर संवाददाता

काठमाडौँः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् पुनले राजीनामा दिएको जानकारी सार्वजनिक गरेका हुन्। खनालले फेसबुकमा लेखेका छन्, “महावीर पुनले आफ्नो अभियानमा सक्रिय हुन मन्त्री पदबाट राजीनामा दिएका छन्।” हालको सरकार गठन भएयता राजीनामा दिने मन्त्रीहरूको संख्या तीन पुगेको छ। यसअघि कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेलले पनि मन्त्री पदबाट राजीनामा दिइसकेका छन्।

कमेन्ट लोड गर्नुस