सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

२०८२ माघ ५, १२:०६ खबर संवाददाता

काठमाडौं: युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।  उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा छन् । त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन् ।

‘मैले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकेँ ‘ मन्त्री गुप्ताले भने,’ प्रधानमन्त्रीले प्रक्रिया मिलाउन मात्र बाँकी छ ।’ उनले अब चुनावका लागि  आफू होमिने बताए । उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए ।

कमेन्ट लोड गर्नुस