सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेनले दिए मेयरबाट राजीनामा

२०८२ माघ ४, ०३:४७ खबर संवाददाता

धनगढीः काठमाडौँ महानरपालिकाका मेयर बालेन साहले राजीनमा दिएका छन्। उनले नगर उप-प्रमुख सुनिता डङ्गोलसमक्ष राजीनामा दिएका हुन्।

बालेनले आइतवारदेखि नै लागु हुने गरी राजीनामा दिएका हुन्।  झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्न भन्दै बालेनले मेयर पदबाट राजीनामा दिएका हुन्।

हालसालै रास्वपा प्रवेश गरेका बालेनले झापा गएर चुनाव लड्ने योजना बनाएका छन्। उनी केपी ओलीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

बालेनले आफूले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्।

‘यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनम महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।
धन्यवाद !’, बालेनले राजीनामा पत्रमा लेखेका छन्।

कमेन्ट लोड गर्नुस