सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिक प्रहरीको भ्यानले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु

२०७६ साउन २९, १२:५४ खबर संवाददाता

काठमाडौँ – महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार भ्यानले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ। मगंलबार राति काटेश्वरबाट बालकुमारी जाने क्रममा आकाशे पुलमुनि पहिचान नखुलेको व्यक्तिलाई भ्यानले ठक्कर दिएको हो। महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले राति ११ बजेर १० मिनेटको समयमा  ठक्कर दिँदा गम्भीर घाइते ती व्यक्तिलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर र्पुयाइए पनि बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए।

उनले भने ‘घटनास्थल वरपर बोराहरु देखिएकाले त्यहीँ बस्ने व्यक्ति हुनसक्ने देखिएको छ।  हामी पहिचान खुलाउने कोसिस गरिरहेका छौं।’

कमेन्ट लोड गर्नुस