सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ घट्योे

२०७६ साउन २९, ११:१५ खबर संवाददाता

सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ। सुन बुधबार तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेको थियो। अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्रा्ष्ट्रिय बजारमा बुधबार सुनको भाउ केही घटेको महासंघले जनाएको छ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुन बुधबार प्रति औँस १५ सय डलर छ। अन्तर्रा्ष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो। यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ।

यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले तत्काल पुराना गहना नबेच्न सबैसँग अनुरोध गरेको छ। भाउ बढेपछि व्यापार नै हुन छाडेको भन्दै पुराना सामान बेच्न नल्याउन महासंघले अनुरोध गरेको हो। महासंघका अनुसार भाउ बढेपछि बजारमा सुन किन्नेको भन्दा पनि बेच्नेको संख्या बढेको छ। 
 

कमेन्ट लोड गर्नुस