सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा स्थानीय तहले निर्माण गरेका सडकले सयौँ बस्ती पहिरोको जोखिममा

वडिमालिका नगरपालिका –१ मैमातोलामा गाउँ
वडिमालिका नगरपालिका –१ मैमातोलामा गाउँ
२०७६ साउन २९, ११:०३ कमल सावद

बैतडीको सुनर्या गााँपालिका वडा नम्बर ८ मल्लाढोलेका ६ परिवार जथाभावी खनिएको सडकका कारण् गएको पहिरोले विस्थापीत भएका छन्। मल्लाढोलेका अन्य २३ भन्दा बढि परिवार सडककै कारण गएको पहिरोको उच्च जोखिममा रहेको छन्। वडा कार्यालय र संघीय सरकारको एक करोडको संयुक्त लगानीमा निर्माण गरिएको सडककै कारण पहिरो जाँदा उनीहरु विस्थापीत हुन पुगेको बताईएको छ।

वातावरणीय प्रभावलाई ध्यान नदिएर एक जथाभावी  ट्रयाक खोलिएकै कारण पहिरो गएको स्थानीयको दावी रहेको छ। सुर्नाया गाँउपालिकाको यो घटना प्रतिनिधिमुलक उदाहरण मात्र हो। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा डोजर चालक नै ईन्जिनियर भएर सडक निर्माण गर्दा पहिरोको विपत्ती आउने गरेको छ।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ र मालिकाअर्जुन गाँउपालिका अम्घानीमा निर्माण गरिएको सडकका कारण पहिरोले गाउँमा क्षती गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले बताए। ‘सडक निर्माण गर्दा थुपारिएको माटोका कारण तल्लो क्षेत्रमा पहिरो जान थालेको छ, उनले भने, महाकाली करिडोरका कारण पनि केहि घर परिवार पहिरोको उच्च जोखिममा छन्।’

स्थानीय तहलाई सडक निर्माण गर्दा सचेत हुन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए। सुदूरपश्चिममा स्थानीय सरकारले सडकमा गरिरहेको लगानी वालुवा पानी भएको छ। सडक पूर्वाधार विस्तार गर्ने भन्दै वर्षेनी करोडौँको बजेट खर्च गरेपनि सडक संगै बस्तीहरुमा पनि पहिरो जान थालेपछि त्यो लगानी वालुवामा पानी भएको हो।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत नबाएर जथाभावी डोजर प्रयोग गरी खनिएका सडकले पहाडी जिल्लाका सयाँै ग्रामीण बस्ती जोखिममा छन्। स्थानीय तहले विकासका नाममा विनाशाको धराप राखेको आरोप समेत लाग्दै आएको छ।

आफैले थापेको धरापका कारण विस्थापीत भएकाहरुलाई स्थानीय तहले नै राहात वितरण गर्नुपर्ने बाध्यता रहेको छ। डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी  करुणाकर अवस्थीले जथाभावी डोजर प्रयोग गरी सडक खनिएपछि पर्शुराम नगरपालिका, अमरगढी नगरपालिका, नवदुर्गा र गन्याँपधुरा गाउँपालिका क्षेत्रका धेरै बस्तीहरु पहिरोको जोखिममा रहेको बताए।

जिल्लामा पहिरोका कारण विस्थापीत भएकाहरुको तथ्याङक नभएपनि सडकका कारण स–साना पहिरो, खेतीवारीमा क्षती, सडक अवरुद्ध लगायतका समस्या लिएर स्थानीय पुग्ने गरेको अवस्थीले सुनाए। प्रदेशको विकट जिल्ला बाजुरामा लगभग सबै स्थानीय तहले निर्माण गरेका सडकका कारण पहिरो गएको छ। पहिरोका कारण बस्तीहरु विस्तापित हुने अवस्थामा छन्।

जिल्लाको बडिमालिका नगरपालिका, बुढीगंगा नगरपालिका तथा छेडेदह गाउँपालिकाका विभिन्न वडाहरुमा सडकका कारण पहिरो गएका छन्। सुदूरपश्चिममा अहिले सम्म पहिरोका कारण मानविय क्षती नभएको भएपनि खेती तथा घर–बस्तीहरुमा भने क्षती भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए।

सबै गाँउपालिका र नगरपालिकासंग छलफल गरेर स्तान्त्रण गर्नुपर्ने बस्तीको बारेमा सिफारीस दिएको उनले बताए। सडकका कारणले वस्तीहरुमा क्षती नभएपनि जोखिम रहेको छ। स्थानीय तहको सडक मोह र डोजर चालक इन्जिनियर बन्दा पहिरोको जोखिम बढ्दै गएको छ भने दुर्घटनाको जोखिम पनि उतिकै छ।  

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस