सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवैध काठ तस्करीमा संलग्नको खोजी सुरु

२०८२ माघ २, १२:०५ खबर संवाददाता

धनगढी: कैलालीको चुरे क्षेत्रमा काठ तस्करीमा संलग्न सामुदायिक वनका पदाधिकारीको भागाभाग भएको छ। डिभिजन वन कार्यालयले उनीहरूको खोजी गर्न थालेपछि भागाभाग भएको हो।

चुरे क्षेत्रबाट व्यापक काठ तस्करी र वन्यजन्तुको चोरीसिकारी हुने गरेको सूचना आएपछि डिभिजन वन कार्यालय धनगढीले खोजतलास र निगरानी बढाएको छ। एक महिनामा चुरे गाउँपालिकाको विभिन्न सामुदायिक वनक्षेत्र र गाउँबाट ५३१.४५ क्युफिट चिरान गरिएको सालका काठ बरामद गरेको वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताए। उनले चुरे गाउँपालिका–२, खैरालामा दुई वटा सामुदायिक वनकै पदाधिकारीकोे काठ तस्करीमा संलग्नता रहेको बताए। 

'सामुदायिक वनका पदाधिकारीको भागाभाग छ,' गत सोमबार पत्रकार सम्मेललन गरी उनले भने, 'उनीहरूको खोजीकार्य भइरहेको छ। हामी कारबाही गर्छौं।' ठाकुरको नेतृत्वमा खटेको वनकर्मीको टोलीले त्यहाँ रहेको त्रिवेणी र झरना सामुदायिक वनभित्र लुकाइएको अवस्थाबाट २८७.५३ क्युफिट चिरान गरिएको सालको काठ बरामद गरेको छ। 

यसै गरी चुरे गाउँपालिका–५, मौरीबाट २३० थान चिरान गरिएको ९१४९.९८ क्युफिट काठ र सलानीबाट ११८ थान चिरान गरिएको ९६८.६६ क्युफिट काठ बरामद गरिएको छ। दुवै गाउँमा रहेको सामुदायिक वन उपभोक्ता समूहलाई वनले पत्र पठाएको छ। चुरे क्षेत्रमा काठ तस्करी मात्रै नभई चोरीसिकार र वन अतिव्रmमण पनि बढ्दो रहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ  चोरीसिकारकोे भने प्रमाण फेला पार्न नसकेको यादवले बताए। उनले चुरे क्षेत्रमा भइरहेको अतिक्रमण कार्ययोजना अनुसार नियन्त्रण गर्ने उल्लेख गरे। 

यसै गरी गौरीगङ्गा नगरपालिका–६ स्थित बाह्रवन साझेदारीबाट ३३ थान खयर ९२५.२८ क्युफिट बरामद गरिएको छ। खयरसहित गोदावरी नगरपालिका–७ का दुई जनालाई पक्राउ गरेर मुद्दा पनि चलाएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस