सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्वप्रकाश र फरमुल्लाको नाम 

२०८२ माघ १, ०१:५१ खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापासहित तीन पदाधिकारीको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ।

काँग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट हटाएको हो।

उनीसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम पनि वेबसाइटबाट हटाइएको छ।

भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा उप-सभापति र मन्सुर सह-महामन्त्रीमा सर्वसम्मत चयन भएका थिए।

कमेन्ट लोड गर्नुस