राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड
काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताएका छन्।
मकर सङ्क्रान्तिका अवसरमा शुभकामना व्यक्त गर्दै नहाँले आपसी आत्मीयता, एकता र सामूहिकताले नै समाजलाई सुदृढ बनाउने बताएका छन्। पर्वहरूले अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको महान् जिम्मेवारीलाई इमानदारीपूर्वक वहन गर्न प्रेरित गर्ने बताउँदै सन्देशमा संयोजक दाहालले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजलाई चाडपर्वले जीवन्त बनाएका उल्लेख गरेका छन्।