निष्कासित तीन नेताबाहेक सबैलाई जिम्मेवारीमा फर्किन काँग्रेसको आह्वान
काठमाडौँः नेपाली कांग्रेसले पाँच वर्षका लागि निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरबाहेक अन्य सबै नेता तथा कार्यकर्तालाई पूर्ववत् जिम्मेवारीमा फर्किन आह्वान गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले ती तीन नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्दै बाँकी सबैलाई आफ्नो जिम्मेवारी सम्हाल्न निर्देशन दिएको हो। केन्द्रीय सदस्य वीरबहादुर बलायरका अनुसार पार्टी गतिविधि नियमित र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको हो।