सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता सकियो, उम्मेदवारको नामावली १ बजे सार्वजनिक हुने

२०८२ पुष ३०, १२:५२ खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय सकिएको छ। मनोनयन प्रक्रिया सम्पन्न भएसँगै उम्मेदवारहरूको अन्तिम नामावली आज दिउँसो १ बजे सार्वजनिक गरिने भएको छ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार अब उम्मेदवारहरूको आधिकारिक विवरण नामावली सार्वजनिक भएपछि मात्रै स्पष्ट हुने छ। उनले मनोनयन दर्ताको समय सकिएको जानकारी दिँदै निर्धारित समयमा नामावली सार्वजनिक गरिने बताए।

केसीका अनुसार हाल महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा व्यस्त रहेका छन्। कस–कसको उम्मेदवारी परेको छ भन्ने विषय नामावलीमार्फत मात्रै थाहा हुने उनले स्पष्ट पारे।

यसैबीच, मतदान हुने पदहरूमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने पनि जानकारी दिइएको छ। मनोनयन पत्र दर्ताको समय सीमा बिहान ११ः१५ बजेसम्म तोकिएको थियो।

कमेन्ट लोड गर्नुस