सुदूर नेपाललाई विश्वसँग जोड्दै

नर्सिङ काउन्सिलको बोर्ड सदस्यमा ८ जनाको उम्मेदवारी दर्ता

। फोटो स्रोत ।
२०७६ साउन २८, ०५:१६ खबर संवाददाता

नेपाल नर्सिङ काउन्सिलको बोर्ड सदस्य पदमा ८ जना आकांक्षी नर्सहरुले उम्मेदवारी दर्ता गराएका छन्।  बोर्डको तीन सदस्यीय पदका लागि प्रगतिशिलतर्फका ५ र ३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
काउन्सिलको निर्वाचन आगामी भदौ २८ गते हुनेछ। निर्वाचन समितिले साउन २६ गतेसम्ममा उम्मेद्वारी दर्ता गराउन समय दिएको थियो।

स्वतन्त्रबाट सरला केसी, जीता बराल र मित्रकुमारी देवकोटाले उम्मेद्वारी दर्ता गराएका छन्। प्रगतिशीलबाट डा. तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन्। 

निर्वाचन समितिले आज मंगलबार साँझ पाँच बजेसम्म परिषद्को कार्यालयमा आई उम्मेदेवारी फिर्ता लिन सकिने सूचना जारी गरेको छ। यसअघि नेपाल नर्सिङ एशोसियनस (नान) को चुनावकै समयमा काउन्सिलका लागि तीन सदस्यको पनि मतदान हुने गथ्र्यो। चुनाव नभएपछि काउन्सिलले लामो समयसम्म बोर्ड सदस्य रिक्त हुँदा कामकारवाही प्रभावित भएको भन्दै भदौ २८ गते चुनाव गर्ने निर्णय गरेको बताइएको छ। 

निर्वाचनमा संघको सदस्यले मात्र मतदान गर्न पाउने व्यवस्थाको काउन्सिलमा दर्ता भएका नर्सहरुले विरोध गरेका छन्। काउन्सिलमा हालसम्म अनमी सहित ८९ हजार भन्दा बढी नर्स दर्ता भएका छन्। तर नर्सिङ संघमा भने हालसम्म करिब १२ हजार नर्स मात्र सदस्य छन्। 

उनीहरुले काउन्सिलको बोर्ड सदस्य निर्वाचन भएकाले दर्ता भएका नर्स सबैले मतदानमा भाग लिन पाउनुपर्ने माग राखेका छन्। सबै नर्सले मतदान गर्न पाउनेपर्ने भन्दै नर्सहरु जिता बराल, दिपा विष्ट, एन्जिला रम्तेल, निर्मला थापा र सीमा घतान विश्वकर्माले काउन्सिलको निर्वाचन समितिमा गत हप्ता निवेदन समेत दिएका थिए।

तर निर्वाचन समितिले काउन्सिलको नियमावली २०६५को नियम १०.२ मा संघका सदस्यले मात्र मतदान दिन पाउने व्यवस्था रहेकोले निर्वाचन समितिले परिवर्तन वा परिमार्जन गर्न नसक्ने जवाफ दिएको छ।

कमेन्ट लोड गर्नुस