सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभापतिमा गगनको उम्मेदवारी दर्ता

२०८२ पुष ३०, १२:१३ खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन समितिका अनुसार सभापति पदमा उनको एकल मनोनयन दर्ता भएको ह।

महामन्त्रीसहितका पदाधिकारीका पदमा पनि मनोयन दर्ता भएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए।  यस्तै, संस्थापन पक्षबाट ३० जना केन्द्रीय समिति सदस्य लिएर विशेष महाधिवेशनमा सहभागी हुने पुष्पा भुसालले सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन्। 

यसैबीच विशेष महाधिवेशनस्थलमा मनोनयन दर्ताका साथसाथै उम्मेदवारी फिर्ताको फाराम समेत सँगसँगै भर्ने कार्य भइरहेको एक नेताले बताए।

कमेन्ट लोड गर्नुस