खैरो हिरोइन मुद्दामा फरार कैलालीका एक जना पक्राउ
२०८२ पुष ३०, ०७:१७
धनगढीः खैरो हिरोइन मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध (खैरो हिरोइन) मुद्दामा २५ दिन कैद सजाय तोकिएपछि फरार रहेका कैलालीको गोदावरी नगरपालिका–६ लालपुर बस्ने ३३ वर्षीय लालबहादुर कामी पक्राउ परेका हुन्। कामीलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस