सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुम्दी आविका विद्यार्थीलाई न्यानो कपडा वितरण

२०८२ पुष २९, ०१:५५ खबर संवाददाता

बाजुराः बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-२ रूम्दी आविका विद्यार्थीहरुलाई चिसोमा न्यानो कपडा वितरण गरिएको छ। हिमाली क्षेत्रमा रहेको आसपासमा रहेको यो विद्यालयका विद्यार्थीहरुलाई पढ्ने समयमा चिसोबाट जोगिन समाजसेवि गङ्गा राईले उनीहरुलाई न्यानो कपडा वितरण गरेका हुन्।

वर्खाको समय खासै चिसो हुँदैन। हिउँदको समयमा हामीलाई विद्यालयमा जाँदा निकै चिसो हुने गरेको हिमाली गाउँपालिका २ को रुम्दी आविकी छात्रा प्रमिला रोकायाले बताइन्। उनले भनिन्, 'हाम्रो यो समस्यालाई मध्यनज गर्दै यतीबेला समाजसेवी राईले न्यानो कपडा वितरण गरेकोमा हामीलाई निकै खुसी लागेको छ।'

जसरी उनले चिसोमा न्यानो कपडा वितरण गरेर हामीलाई सहयोग गरे। त्यसैगरी हाम्रो गरिबी अवस्था देखेर यहाँका बालबािलकाहरुलाई स्टेस्नरी सामग्री वितरण गरिदिन पाए थपमा हामीलाई निकै सहज हुने रोकायाको भनाइ छ।

प्रमेश्वरको अनुसरण मण्डलीको समन्वयमा समाजसेवी गङ्गा राईको आर्थिक सहयोगमा रुम्दी आविका बालबालिकाहरुलाई चिसोको समयमा न्यानो कपडा वितरण गरेको हिमाली गाउँपालिका –२ का वडा अध्यक्ष रणबहादुर बुढाले बताए।

कमेन्ट लोड गर्नुस