कैलालीका एक फरार प्रतिबादी पक्राउ
२०८२ पुष २९, ०७:३५
धनगढीः कैलालीका एक फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना कैद सजाय तोकिएपछि फरार रहेका लम्कीचुहा नगरपालिका–१ भुरुवा बस्ने प्रकाश विकलाई प्रहरीले पक्राउ गरेको हो। विकलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस