सुदूर नेपाललाई विश्वसँग जोड्दै

आठ महिनादेखि तलब नपाएको भन्दै घोडाघोडीको राष्ट्रिय माविका शिक्षक आन्दोलित

२०७६ साउन २८, ०३:५६ खबर संवाददाता

आठ महिनादेखि तलब नपाएको भन्दै कैलालीको घोडाघोडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक आन्दोलित भएका छन्।  घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरुले तलब नपाएको भन्दै पेन डाउन गर्दैै आन्दोलित भएका हुन्। विद्यालयमा कार्यरत शिक्षक दिपक राज गौतमले आठ महिनादेखि तलब नपाएपनि प्रधानाध्यापकले आजभोली भन्दै टार्दै आएपछि बाध्य भएर पेन डाउन गरिएको बताए।

यस्तै प्रधानाध्यापक  राम छबिला चौधरीले विद्यालयमा मनोमानी गरिरहेको आरोप समेत लगाईएको छ। प्रधानाध्यापक चौधरीले आफ्नो आचरण सुधार गरी आफूहरुले उठाएका माग सम्बोधन नगरे सम्म अध्यानपन नगर्ने शिक्षकहरुको अडान रहेको छ।

विद्यालय प्रशासनको लापरवाहीले शिक्षकले समयमै तलब नपाएको भन्दै पेन डाउन गरिएपछि विद्यार्थीको पढाई प्रभावित छ। तर प्रधानाध्यापक चौधरीले भने शिक्षकहरुका विमतीका विषयमा छलफल भईरहेको बताएका छन्। उनले शिक्षकले आठ महिना सम्म तलब नपाएको विषयमा भने प्रतिक्रिया नै दिन मानेनन्।      
 

कमेन्ट लोड गर्नुस