सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका जैरू रास्वपाको समानुपातिक सूचीमा परे

२०८२ पुष २८, ०६:३६ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक बन्दसूचीमा हेरफेर गरेको छ। दलित पुरुषतर्फ पनि केही फेरबदल भएको छ। नाम फिर्ता लिने दबाब परे पनि प्रकाश सपुत दोस्रो नम्बरमा यथावत् छन्। यसअघि सूचीमा छुटेका विजय जैरुको नाम समानुपातिकमा समावेश भएको छ।

प्राइमरीमा दलिततर्फ सर्वाधिक मत ल्याएका कञ्चनपुरका जैरुलाई बन्द सूचीमा नराखेकोमा आलोचना भएको थियो। उनलाई चौंथो नम्बरमा राखिएको छ। यसअघि चौंथो नम्बरमा रहेका रामजी रामले नाम फिर्ता लिएका छन्। दलित पुरुषको पहिलो नम्बरमा रुपक विश्वकर्मा घिमिरे यथावत् रहे।

दलित महिला क्लस्टरमा उज्यालो नेपालबाट आएकी रिमा विश्वकर्मालाई पनि यथावत् राखिएको छ। यस्तै, उज्यालोबाट आएका अभिषेकराज सिंहलाई पनि मधेसी क्लस्टरको चौंथो नम्बरमा छन्।
 

कमेन्ट लोड गर्नुस