सापकोटालाई ‘चैतन्य उत्कृष्ट शिक्षा सेवी सम्मान’
धनगढीः कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. शिव प्रसाद सापकोटालाई चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा ‘चैतन्य उत्कृष्ट शिक्षा सेवी सम्मान’ प्रदान गरिएको छ।
सुदूरपश्चिममै रहेर शिक्षा क्षेत्रमा निरन्तर समर्पण र लगनशीलताका साथ शिक्षण, अनुसन्धान तथा शैक्षिक मार्गदर्शनमार्फत विद्यार्थीहरूको बौद्धिक, नैतिक र व्यवहारिक विकासमा उल्लेखनीय योगदान पु¥याएको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ।
शैक्षिक नेतृत्व, संस्थागत विकास तथा विद्यार्थी केन्द्रित शिक्षण अभ्यासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको योगदानको सम्मान स्वरूप महोत्सवको आठौँ दिन कार्यक्रमका प्रेरक उपस्थितिमा रहनु भएका साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साल, चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा र अध्यक्ष गणेश प्रसाद जोशीले उनलाई सम्मान–पत्र तथा दोसल्ला सहित उनलाई सम्मानित गरिएको हो।
सम्मान ग्रहण गर्दै डा. सापकोटाले चैतन्य पाठशालाबाट प्राप्त सम्मानप्रति आभार व्यक्त गर्दै सुदूरपश्चिमको शिक्षा प्रणाली सुदृढ बनाउन सबै सरोकारवालाले सहकार्य गर्नुपर्नेमा जोड दिए। उनले आगामी दिनमा पनि शिक्षण र अनुसन्धानमार्फत समाजप्रति आफ्नो जिम्मेवारी निरन्तर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद, उद्यमशीलता, साहित्य तथा सामाजिक सेवाका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम निरन्तर जारी रहेको आयोजकले जनाएको छ।