सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल विद्युत प्राधिकरणको मुनाफा ७ अर्ब २० करोड

। फोटो स्रोत ।
२०७६ साउन २८, ०३:१९

नेपाल विद्युत प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५÷७६ मा ७ अर्ब २० करोड मुनाफा भएको बताएको छ। आर्थिक वर्ष २०७४÷७५ मा २ अर्ब ९० करोड नाफामा रहेको प्राधिकरणको नाफामा यो वर्ष लगभग ४ अर्ब वृद्धि भएको छ।

यस्तै विद्युत प्राधिकरणलेआर्थिक वर्ष २०७५÷७६ गत वर्षको भन्दा ५ प्रतिशतले चुहावटमा पनि कमि आएको जानकारी दिएको छ। यस वर्ष प्राधिकरणको चुहावट कुल १५.३२ प्रतिशत रहेको छ। जबकी २०७४र७५ मा प्राधिकरणको चुहावट २० दशमलव ४५ प्रतिशत रहेको थियो।

कमेन्ट लोड गर्नुस