सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–४ मा उज्यालो नेपाल पार्टीबाट सुभाष कुँवर उम्मेदवार

२०८२ पुष २८, १२:३८ खबर संवाददाता

धनगढी: उज्यालो नेपाल पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट सुभाष कुँवरलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीका केन्द्रीय सदस्य मनोज लुहारका अनुसार कुँवरलाई उम्मेदवार बनाउने निर्णय केन्द्रिय तहबाट गरिएको हो।

कैलालीको गौरीगंगा नगरपालिका निवासी कुँवर २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट गौरीगंगा नगरपालिकाको मेयर पदका उम्मेदवार रहेका थिए। उनी सामाजिक विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका व्यक्ति हुन्।

कैलाली–४ मा अन्य दलहरू पनि उम्मेदवार सिफारिसमा सक्रिय देखिएका छन्। एमालेले लेखराज भट्टको नाम एकल रूपमा सिफारिस गरेको छ भने कांग्रेसले पूर्व प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायरसहित ७ जनाको नाम सिफारिस गरेको छ। नेकपाले दीर्घ सोडारी, कृष्णराज सुवेदीलगायत ९ जनाको नाम सिफारिस गरेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट धेरै आकांक्षी देखिए पनि हालसम्म आधिकारिक रूपमा उम्मेदवारको नाम सिफारिस गरिएको छैन।
 

कमेन्ट लोड गर्नुस