धनगढीमा चरेशसहित बझाङका एक जना पक्राउ
धनगढीः कैलालीको धनगढीमा चरेशसहित बझाङका एक जना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–८ रामनगरबाट बझाङको केदारस्यु गाउँपालिका–७ बस्ने ४५ वर्षीय जनकबहादुर धामी चरेशसहित पक्राउ परेका हुन्। उनको साथबाट ३ केजी ५६५ ग्राम चरेश, तौल गर्ने तराजु थान–१ र नगद १० हजार फेला पारी उक्त पदार्थ, तराजु र नगदसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।