सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विकासे अड्डाले बजेटको अख्तियारी पाएपनि कार्यान्वयनमा लैजान ढिलाई

२०७६ साउन २८, ०१:३० जनक विष्ट

कैलालीका विकासे अड्डाहरुले चालु आर्थिक वर्षको बजेटको अख्तियार पाईसकेका छन्। जिल्लामा मोहनापुल अत्तरिया ६ लेन सडक सहित ६ वटा ठुला पूर्वाधार विकासका योजनाले बजेटको अख्तियारी पाएपनि कार्यान्वयनमा लैजान ढिलाई गरेका छन्। आर्थिक वर्षको पहिलो महिना बित्न लाग्दा समेत बजेट कार्यान्वयनको चरणमा नगएको हो।

चालु आर्थिक वर्षमा ६५ करोड बजेटको अख्तियारी पाएको मोहनापुल अत्तरिया ६ लेन सडक योजनामा त ठेक्का सम्झौताको अवधी समाप्त भएपनि हाल सम्म थप गरिएको छैन्। तर निर्माण व्यवसायीले काम त गरिरहेका छन् भने डिजाईन स्टमेट तयार नहुँदा सडकमा निर्माण हुने पुलको ठेक्का गर्न बाँकी छ।

६ लेन सडक योजना कार्यालयका प्रमुख होम बहादुर एसीले डिजाईन स्टमेट नबनेका कारण पुलको ठेक्का सम्झौताको प्रक्रिया अगाडी बढाउन नसकिएको बताए। उनले डिजाईन स्टमेट स्वीकृत भएपछि ठेक्काको प्रक्रिया थालिने जनाए। २ वर्ष निर्माण अवधी तोकेर ६ लेन सडक योजनाको काम सुरु भएकोमा गत जेठ सम्झौता अवधी समाप्त भइसकेको छ तर निर्माण व्यवसायीले थप डेढ वर्ष समय माग गरेपनि विश्वसनीय आधार प्रस्तुत गर्न नसक्दा अहिले सम्म निर्माण अवधी थपिएको छैन्।

यस्तै हुलाकी सडक योजना कार्यालयले पनि निर्माण गर्न बाँकी रहेका पाँच वटा पुलको डिजाईन स्टमेट विभागबाट स्वीकृत नहुँदा ठेक्का सम्झौँताको चरणमा जान नसकेको जनाएको छ। तर सडक मर्मत सम्भारका लागि भने ठेक्काका लागि सूचना जारी गरिएको सडक योजना कार्यालय धनगढीका इन्जिनीयर पदम बहादुर मडैले जानकारी दिए। कैलाली र कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माण सुरु भएको ९ बर्ष पूरा भएपनि भौतिक प्रगती भने सन्तोशजनक रहेको छैन्।

हुलाकी सडक योजनामा चालु वर्ष ४० करोड पँुजीगत बजेट आएको छ। जिल्लाकै अर्को रानीजमरा कुलरिया सिँचाई योजनामा पनि चालु वर्षको बजेट कार्यान्वयनको चरणमा लगिएको छैन्। सिँचाई योजनामा यसवर्ष निर्माण तर्फका काम नभएपनि प्रविधी हस्तान्तरण, यान्त्रीकिकरण लगायतका शिर्षकमा बजेट आएको छ तर केही कार्यक्रम बाहेक अन्य कार्यान्वयन प्रक्रियामा लैजान नसकिएको रानीजमरा कुलरिया सिँचाई योजनाका प्रमुख भरत कडेल बताउँछन्।

यस्तै जिल्लाका अन्य पूर्वाधार विकासका योजनामा पनि अख्तियारी दिईएपनि कार्यान्वयनको प्रक्रिया सुरु नै भएको छैन्। विगतमा आर्थिक वर्षको अन्तमा आएर तात्ने तर वर्षभरी फुर्सदमै बस्ने गरेका कारण कैलालीमा ठुलो पुँजीगत बजेट फ्रीज जाने गरेको थियो। तर आर्थिक वर्षको एक महिना फुर्सदमै बिताएका कर्मचारीका कारण यस वर्ष पनि आशा गरे अनुसार बजेट खर्च नुहुने हो की भन्ने चिन्ता व्यक्त हुन थालेको छ।
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस