धनगढी–२ कृष्णनगरका भट्ट दम्पतीले गरे कपडा सहयोग
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ३० थान कपडा सहयोग गरिएको छ।
धनगढी–२ कृष्णनगर निवासी निवासी श्रीमान दिपेन्द्र प्रसाद भट्ट र श्रीमती अहिल्या कुमारी जोशी भट्टले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।