सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनजाति कल्याण आश्रमद्वारा माघी मिलन तथा सांस्कृतिक कार्यक्रम

२०८२ पुष २६, ०४:५० खबर संवाददाता

धनगढी: जनजाति कल्याण आश्रम तथा नेपाल युवा कार्य धनगढीको आयोजनामा माघी पर्वको अवसरमा माघी मिलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

धनगढीमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशका उप–सचिव हिरालाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि चौधरीबाट माघी पर्व थारु समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले सामाजिक एकता र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउने धारणा राखिएको थियो।

नेपाल युवा कार्य धनगढी कैलालीका अध्यक्ष सन्तराम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आमाको माया छात्रावासकी अध्यक्ष शारदा शाह, बार एसोसिएसनका अध्यक्षलगायत विभिन्न व्यक्तित्वहरू विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा थारु समुदायका परम्परागत सांस्कृतिक नृत्य तथा विविध प्रस्तुति प्रदर्शन गरिएको थियो। सहभागी कलाकारहरूले मौलिक भेषभूषा र लोकधुनमार्फत माघी पर्वको सांस्कृतिक महत्व प्रस्तुत गरेका थिए।

विश्व हिन्दु परिषद्, प्राज्ञिक विद्यार्थी परिषद् लगायत विभिन्न संघ–संस्थाका पदाधिकारीहरू तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको जनजाति कल्याण आश्रम नेपालका सुदूरपश्चिम तथा कर्णाली प्रदेश संगठन सचिव शुक्रराज रानाबाट जानकारी गराइएको छ।

जनजाति कल्याण आश्रम नेपालद्वारा आयोजित माघी मिलन कार्यक्रमले सांस्कृतिक सद्भाव, पहिचान संरक्षण तथा युवा सहभागिता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस