सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य विद्यार्थी महोत्सवमा थारु समुदायका पहिलो पुरुष पाइलट मिलन चौधरी सम्मानित

२०८२ पुष २६, ०४:३२ खबर संवाददाता

धनगढीः चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्दै थारु समुदायका पहिलो पुरुष पाइलट बन्न सफल मिलन चौधरीलाई ‘चैतन्य प्रेरणादायी युवा सम्मान’ प्रदान गरिएको छ।

नेपाली उड्डयन क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै युवाहरूलाई ठुलो सपना देख्न र निरन्तर मेहनतका साथ लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरेको योगदानको उच्च कदर स्वरूप उनलाई सम्मान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ । चौधरीले अनुशासन, लगनशीलता र दृढ इच्छाशक्तिका माध्यमबाट सफलता हासिल गर्दै सुदूरपश्चिमका साथै देशभरका युवाका लागि उदाहरणीय व्यक्तित्वको रूपमा आफूलाई स्थापित गरेका छन्।

महोत्सवको विशेष समारोहका क्रममा चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि डाक्टर चिन्तामणिनाथ योगी, चैतन्य पाठशालाका प्राचार्य र चैतन्य पाठशालाका अध्यक्षले सम्मान गरेका हुन्। 

सम्मान ग्रहण गर्दै पाइलट चौधरीले आफूलाई प्राप्त सम्मानले अझ जिम्मेवारी बढाएको अनुभूति भएको बताएका छन्। 

कमेन्ट लोड गर्नुस