सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा र उज्यालो नेपाल पार्टीको एकता भङ्ग!

२०८२ पुष २६, ०३:५६ रासस

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ। पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिए। 

उनका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ। पार्टीका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले रास्वपा र उज्यालो नेपाल पार्टीबीच यसअघि सहकार्यका लागि भएका सहमति स्थगित भएको विषयमा आजको बैठकमा छलफल हुने बताए। “अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपालसँगको सहकार्य हाललाई स्थगित गरिएको छ, सोही विषयमा सचिवालय बैठकमा छलफल हुनेछ”, उनले भने। 

कमेन्ट लोड गर्नुस