सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस महाधिवेशन: आजको कार्यक्रम स्थगित 

२०८२ पुष २६, ०२:४९ खबर संवाददाता

काठमाडौं: नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो।

विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा ¥याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दिए।

भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत रहेको नेता आचार्यले बताए। भोलि भृकुटीमण्डपमा दोस्रो  विशेष महाधिवेशन उद्घाटन हुँदैछ। 

कमेन्ट लोड गर्नुस