सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८२ पुष २६, ०७:५२ खबर संवाददाता

डोटीः डोटीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

डोटीको शिखर नगरपालिका–१० बान्डुङग्रीसैन स्थित के.आई.सिंह राजमार्गमा धनगढीबाट दिपायल तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ८१२८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६८ वर्षकी तारा देवी बलायरको मृत्यु भएको हो। शुक्रवार दिउँसो ३ः१५ बजे मोटरसाइकलले बाटो काट्ने क्रममा पैदल यात्री बलायरलाई ठक्कर दिँदा गम्भिर घाईते भएकी थिइन्।

उनलाई उपचारको लागि स्थानिय मेडिकल हुँदै डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उपचारको क्रममा सोही दिन साँझ ६ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मोटरसाइकल चालक डोटीको दिपायल सिलगढी नगरपालिका–२ खुल्लेक बस्ने २६ वर्षीय मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ वस्ने ३६ वर्षीय राम बोगटीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस