सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगामा पनि मनाईयो युवा दिवस

२०७६ साउन २७, ०७:०२ खबर संवाददाता

२० औँ अन्तराष्ट्रिय युवा दिवस कैलालीको गौरिगंगा नगरपालिकामा पनि मनाईएको छ। सोही अवसरमा गौरिगंगा नगरपालिका वडा नम्वर ९ मा लागुपदार्थ नियन्त्रणमा युवाको भुमिका विषयक वक्तृत्व कला प्रतियोगीता तथा सिर्जना वाचन कार्यक्रम गरी युवा दिवस मनाईएको छ। युवा सुचना केन्द्र तथा पुस्तकालय समिती मसुरियाको आयोेजनामा भएको कार्यक्रममा विद्यालय स्तरिय वक्तृत्व कला छात्र तर्फ कुमुदिनी आदर्श विद्या निकेतनका धनेश सिराडी प्रथम, मोहन्याल माविका विकास जैगडी द्वितिय र कालिका आधारभुत विद्यालयका गोकुल बोगटी तृतिय भएका छन्।
छात्रा तर्फ जनप्रिय माविका संगीता कडेल प्रथम, द्धितिय र तृतिय क्रमशः विहानी क्षितिज माविकी कुशुम गीरी र महादेव माविकी भावना मौनी भएका छन्। 
यस्तै कविता वाचन तर्फ प्रथम, द्वितिय, तृतिय क्रमशः पुर्णीमा सापकोटा, सुनिता बोहोरा र बेलु ऐर भएका छन्। युवा दिवसको अवसरमा युवा साहित्यकार सिन्धि चटौत लाई सम्मान गरिएको थियो भने खेलकुद क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्ने युवा मिलन ओलीलाई समेत सम्मान गरिएको थियो।
युवा सुचना केन्द्र तथा पुस्तकालय समितीका अध्यक्ष पुष्पराज भुसालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य दिर्घ बहादुर सोडारी प्रमुख अथिती रहेका थिए भने विशिष्ट अथितीमा गौरीगंगा नगरपालिकाका उप प्रमुख अञ्चला चौधरी रहेकी थिईन्।

कमेन्ट लोड गर्नुस