सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौं–साँखु सडकमा बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु, ३३ घाइते

२०८२ पुष २४, ०३:३० खबर संवाददाता

काठमाडौं: काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने ३३ जना घाइतेको उपचार जारी छ।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार, गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने करिब ५५र६० वर्षीय अर्जुन लामिछाने उपचारको क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो।

यसअघि बाँकेको कोहलपुर, ताप्लेजुङको पाथीभरा, सिरहा र पाँचथर घर भई हाल काठमाडौंमा बस्ने चार महिलाको मृत्यु भएको थियो। मृतकहरू पिकनिकबाट फर्किने क्रममा नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीको बसमा सवार थिए।
घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी रहेको छ।

कमेन्ट लोड गर्नुस