सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीको विद्यालय प्राङ्गणमा अजिङ्गर फेला

२०८२ पुष २४, ०३:०३ खबर संवाददाता

कैलाली: कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित जनप्रगतिशील आधारभूत विद्यालय, डोडापारी दिपनगरमा अजिङ्गर फेला परेको छ।

विद्यालय प्राङ्गणमा अजिङ्गर देखेपछि विद्यार्थीले जानकारी गराएका थिए भने त्यसपछि शिक्षक हर्क बमले सम्बन्धित निकायलाई खबर गरेका हुन्।

अजिङ्गरको उद्धारका लागि बुढिया नकरोड सामुदायिक वनका अध्यक्ष मनराज उपाध्याय, सब–डिभिजन वन कार्यालय साडेपानीका वन रक्षक महेश राना लगायतको टोली खटिएको थियो। टोलीले अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरेको छ।

उद्धार गरिएको अजिङ्गरको तौल करिब १२ केजी र लम्बाइ १।५ मिटर रहेको वन रक्षक रानाले बताए। अजिङ्गरलाई सुरक्षित बासस्थान नकरोड तालमा छाडिएको छ।

कमेन्ट लोड गर्नुस