सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको गुम्वा गाउँमा आवजावत बन्द, गाउँलेहरु सम्पर्क बिहिन

२०७६ साउन २७, ०५:३६ प्रकाश सिंह

बर्षाले बाजुराको सर्वाधिक विकट गुम्वामा आवतजावत बन्द भएको छ। त्यो सँगै गुम्बागाँउ सम्पर्क विहिन बनेको छ। हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्ने गुम्वा गाउँमा आवतजावत गर्ने बाटो पहिराले बगाउँदा र नदिमा रहेका काठेपुल बगाउँदा गाउँको अन्य गाउँसंगको सम्पर्क बिच्छेद भएको हो।

सदरमुकाम मार्तडीदेखि ४५ कोष टाढा अर्थात पैदल यात्रा गर्दा चार दिन पर्ने बिच्छँयाको गुम्वा गाँउमा २५ परिवारको बसोवास रहेको छ। परिवारका सदस्यहरुसंग समेत सम्पर्क हुन नसकेको वडा नम्वर ३ का वडा सचिब गौरीकान्त सञ्जालले वताए। गुम्वा बाट बिच्छँयाको बौडी सम्म आउनका लागि दुईवटा ठुला नदि रहेका छन्।

ति नदिमा पुल छैन् भने हिउँदमा स्थानीयहरु काठेपुलको साहारामा वारपार गर्ने गरेका थिए। नदीमा वाढी आएपछि काठे पुल बगाउँदा त्यस गाँउका बासिन्दाको अन्य गाँउ र जिल्लासँग पुरै सम्पर्क बिच्छेद भएको हो। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस