सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाबाट भन्सार छलीका सामान नियन्त्रणमा

२०८२ पुष २४, ०७:२७ खबर संवाददाता

धनगढीः दुई जिल्लाबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ४ हजार ७१० बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो। भन्सार छलीको बिभिन्न किसिमका कपडा, हाडवेयर, किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गडड्चौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 यस्तै कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २० हजार बराबरको बिडी इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बुधवार नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस