सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

२०८२ पुष २३, ०८:०३ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कैलालीको भजनी नगरपालिका–५ लालबोझी स्थित हुलाकी सडक–खण्ड नजिक से १ प ९६९४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक लम्किचुहा नगरपालिका–६ बागमारा बस्ने २५ वर्षीय मदन विक र सोही ठाउँ बस्ने २४ वर्षीय हेमन्त परीयार लागूऔषधसहित पक्राउ परेका हुन्। दुबै जनाको साथबाट ९५० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित दुवैलाई प्रहरी चौकी पृथ्बीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ३५ वर्षीय छङ्गा राना र सोही ठाउँ बस्ने २४ वर्षीय सनेश रानालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट ०.४१ ग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित दुवै जनालाई प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस