सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार?

२०८२ पुष २२, १०:५६ खबर संवाददाता

काठमाडौँ: नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ। सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो। मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो। यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

कमेन्ट लोड गर्नुस