सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीको लालीगुँरास विद्युत सहकारीमा व्ययभार बढ्ने गरी कर्मचारी राखेको भन्दै विरोध

२०७६ साउन २७, ११:५९ खबर संवाददाता

कैलालीको लम्कीमा रहेको लालीगुँरास ग्रामीण विद्युत सहकारीमा आवश्यकता विना संस्थालाई  व्ययभार बढ्ने गरी कर्मचारी भर्ना गरिएको भन्दै विरोध भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा रहेको लालीगुँरास ग्रामीण सहकारी संस्थामा व्ययभार बढ्नेगरी कर्मचारी राखिएको भन्दै शेयर सदस्यहरुले विरोध जनाएका हुन्।

सहकारीका साधारण सदस्य जुगराम चौधरीले संस्थाको विधान विपरीत १२ औँ वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गरी कर्मचारी भर्ना गरिएको बताए। उनले हाल संस्थामा कार्यरत एकजना कर्मचारीकै तलब सुविधा व्यहोर्न मुस्किल भईरहेका बेला व्ययभार बढ्ने गरी कर्मचारी राखिएको भन्दै विरोधमा उत्रिएको बताए।

उनले सहकारीलाईं ध्यानाकर्षण पत्र बुझाउँदा समेत वेवास्ता गरेपछि तालाबन्दी गरिएपनि वडा कार्यालयको रहोवरमा तोडिएको आरोप लगाए। ताला तोडेको विरोधमा हिजो वडा कार्यालयमा दुई घण्टा धर्ना दिईएको समेत चौधरीले बताए।  लालीगुँरास सहकारी संस्थाका अध्यक्ष महेन्द्र खत्रीले संस्थाको आवश्यकता अनुसार एक जना कार्यालय सहयोगी नियुक्त गरिएको जानकारी दिए।

विरोधमा उत्रिएका सहकारीका शेयर सदस्यले साउन २१ गते आफूलाई दुई दिने अल्टीमेटम सहित ध्यानाकर्षण पत्र बुझाएको भएपनि जवाफ नदिदै तालाबन्दी गरिएको आरोप लगाए। उनले साउन २५ गते भित्र सहकारीले विद्युत प्राधिकरणलाई विल पेश गरिसक्नुपर्ने स्थिती रहेकाले वडा कार्यालयलाई तालाबन्दी खुलाई दिन आग्रह गर्दै ताला तोडिएको बताए।  
 

कमेन्ट लोड गर्नुस