आफ्नै साथीमाथि धारिलो हतियार गरेको आरोपमा धनगढीबाट एक जना पक्राउ
धनगढीः आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा कैलालीबाट एक जना पक्राउ परेका छन। जिल्लाको धनगढी उपमहानगरपालिका–१ अदालतरोडबाट डोटीको बडीकेदार गाउँपालिका–२ असुराका अंकित मास्कीमगरलाई प्रहरीले पक्राउ गरिएको हो।
उनलाई आफ्नै साथी धनगढी उपमहानगरपालिका– ८ धनगढीगाउँ बस्ने २२ वर्षिय शेखर मास्कीमगरमाथी धारिलो हतियार प्रहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार शेखरमाथि सुतेको अवस्थामा धारिलो हतियार प्रहार गरिएको थियो। धारिलो हतियार प्रहारबाट घाइते भएका शेखर मास्कीमगरेको कैलाली अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।