एमाले बझाङबाट ऐन महरसहित तीन जना सिफारिस
बझाङः फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले बझाङले तीन जनाको नाम सिफारिस गरेको छ।
पार्टीको छैटौँ पूर्ण बैठकले केन्द्रीय सदस्य ऐन महरसहित तीन जनालाई उम्मेदवार सिफारिस गरेको हो। महरसँगै मोहनराज जोशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस गरिएको हो।
सिफारिस सूचीअनुसार केन्द्रीय सदस्य महर पहिलो नम्बरमा छन्। यस्तै, जिल्ला कमिटीका पूर्वउपाध्यक्ष तथा अहिलेका सदस्य जोशी र प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री दोस्रो र तेस्रो नम्बरमा छन्।
एमाले केन्द्रीय सदस्य महर ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए।