सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपर नौगाढ जलविद्युत आयोजनाको यसै साता निर्माण सक्ने लक्ष्य

अपी हाईड्रोले बनाएको नौगाढ जलविद्युत आयोजना
अपी हाईड्रोले बनाएको नौगाढ जलविद्युत आयोजना
२०७६ साउन २७, ०७:०९ खबर संवाददाता

दार्चुला जिल्लामा आँठ मेघावाट क्षमताको माथिल्लो (अपर) नौगाढ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सुदूरपश्चिममा पहिलो पटक नीजि क्षेत्रवाट साढे आँठ मेघावाटको नौगाड जलविद्युत आयोजना निर्माण गर्दै विद्युत उत्पादन गरेको अपि हाईड्रो पावरले माथिल्लो नौगाड जलविद्युत आयोजनाको निर्माण पनि अन्तिम चरणमा पुगाएको हो। आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएकाले यसै साता निर्माण सक्ने लक्ष्य राखिको छ भने भदौ मसान्त भित्रै राष्ट्रिय प्रशारण लाईनमा जोड्ने तयारी भईरहेको छ।

आयोजना निर्माण गर्दै आएको अपि हाईड्रो पावरका निर्देशक महेन्द्र न्यौपानेले आयोजनाको ९७ प्रतिशत निर्माणको काम सम्पन्न भईसकेको र भारतबाट एउटा उपकरण ल्याएर जडानको काम मात्रै बाँकी रहेको बताए। ‘निर्माण सम्पन्न भईसकेपछि परिक्षण गर्ने योजना रहेको छ,’ उनले भने, ‘हामी परिक्षण पनि सफल भएपछि राष्ट्रिय प्रशारण लाईनमा जडानको काम अगाडी बढाउछौँ, अवको एक महिना भित्रै राष्ट्रिय प्रशारण लाईनमा जोड्ने लक्ष्य छ।’ उनका अनुसार माथिल्लो नौगढ गाड आयोजनाको बहुवित्तीय व्यवस्थापन नेपाल एसविआइ बैंक लिमिटेडको अगुवाइमा प्रभु बैंक लिमिटेड समेतको लगानीमा निर्माण भईरहेको हो। 

यसअघि उक्त हाईड्रो पावरले साढे ८ मेघावाटको नौगाड जलीवदुत आयोजना निर्माण गर्दै २०७२ साल भदौ १ गते राष्ट्रिय प्रसारण लाईन जोडेको थियो। एक अर्व ६० करोडको लगानीमा निर्माण गरिएको नौगाड गाड साना जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिएपछि यसक्षेत्रको लोडसेडिङ घटेको थियो भने एक अर्व ८० करोडमा माथिल्लो नौगाड निर्माण भएपछि सुदूरपश्चिममा भईरहेको विद्युतको अनियमित कटौती पनि घट्ने विश्वास गरिएको छ। नीजि क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा अपि हाईड्रो पावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनावाट विद्युत उत्पादनको अन्तिम तयारी गरिरहेको हो भने तेस्रो आयोजना माथिल्लो चमेलीया निर्माणको प्रक्रिया पनि अघि वढाएको छ।
 

कमेन्ट लोड गर्नुस