सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेनेजुएलाको राजधानीमा विस्फोट,अमेरिकी हस्तक्षेपको आरोप

२०८२ पुष १९, ०३:२१ खबर संवाददाता

भेनेजुएला: भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए । 
केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए । राजधानीको एक सैन्य ह्यान्गरबाट धुवाँ उठेको देखियो । 

२१ वर्षीया कार्यालयकर्मी कारमेन हिडाल्गोले भने, “सारा जमिन हल्लियो । यो अनुभव अत्यन्त डर लाग्दो थियो । हामीले विस्फोट र विमान देख्यौं ।” 

राष्ट्रपति निकोलस मादुरोले आफ्ना समर्थकहरूलाई सडकमा आउन र ‘साम्राज्यवादी आक्रमण’ को विरोध गर्न आह्वान गरेका छन्। सरकारले सबै राष्ट्रिय सुरक्षा योजना लागू गर्न आदेश दिएको छ र बाह्य सङ्कटको घोषणा गरेको छ।

यसअघि अमेरिकी सेनाले ड्रग तस्करी गर्ने डुङ्गाहरूलाई निशाना बनाएको थियो। मादुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गर्न र देशका तेल स्रोतमा पहुँच बनाउन खोजेको आरोप लगाएका छन्।
 

कमेन्ट लोड गर्नुस