सुदूर नेपाललाई विश्वसँग जोड्दै

२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा बैतडीमा लागूऔषधविरुद्ध निबन्ध तथा वक्तृत्व प्रतियोगिता

२०८२ पुष १८, ०७:३१ खबर संवाददाता

बैतडी: २५औँ सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल, ५१ नम्बर गुल्म बैतडीले लागूऔषध सम्बन्धी निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ।

दिवसको पूर्वसन्ध्यामा बैतडीको वीरेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा लागूऔषध दुरुपयोग, सीमा सुरक्षा र युवाको भूमिकाबारे केन्द्रित विषयमा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको गुल्मपति जंगबहादुर कुँवरले जानकारी दिए।

वक्तृत्वकला प्रतियोगितामा डम्बरीनाथ पाण्डेय प्रथम, रमन पाण्डेय द्वितीय र लक्ष्मी भट्टले तृतीय स्थान हासिल गर्न सफल भएको गुल्मपती कुँवरले बताए।

यस्तै, निबन्ध लेखन प्रतियोगितामा कामना भट्ट प्रथम, ज्योती पाण्डेय द्वितीय र जान्हबी खत्री तृतीय भएका छन्। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक हर्कबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो।

बैतडीस्थित सशस्त्र प्रहरी बल नेपाल, ५१ नम्बर गुल्मले आउँदो माघ ९ गते औपचारिक रूपमा २५औँ सशस्त्र प्रहरी दिवस मनाउने जनाएको छ।

कमेन्ट लोड गर्नुस