सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनमा अनाथ वालवालिकालाई सहयोग र सामुहिक भोजन

२०७६ साउन २६, ०५:१७ खबर संवाददाता

धनगढीका एक युवकले आफु र आफ्नो छोरीको जन्मदिनको अवसरमा अनाथ वालवालिकालाई सहयोग तथा सामुहिक भोजन गराएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ईन्द्र विनाडीले आफु र छोरी साईराको जन्मदिनको अवसरमा आमाको माया छात्रावासका अनाथ वालवालिकालाई विभिन्न सामाग्रीहरु सहयोग गर्दै सामुहिक भोजन गराईएको हो। 

विनाडीले आफ्नो ३४ औं जन्मदिन र छोरी साईराको दोस्रो जन्मदिनको अवसरमा आमाको माया छात्रावासमा रहेका ३३ जना अनाथ वालवालिकालाई खाद्यान्न सामाग्री, अध्ययन सामाग्री लगायत गरी १५ हजार वरावरको सहयोग गरेका हुन्। त्यसैगरी त्यहाँका सवै जना वालवालिकालाई घरमै वोलाएर सामुहिक भोजन समेत गराईएको छ।  

जन्मदिनको अवसरमा केही सामाजिक काम गरौ भन्ने सोचले सहयोग गरेको विनाडीले बताए। उनले आगामी दिनमा पनि घर परिवारका सदस्यहरुको जन्मदिनमा सहयोग गर्ने जानकारी दिए। 

कमेन्ट लोड गर्नुस